Logo
Logo

बालाजु पार्कमा शव भेटियो


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बालाजु पार्कको चौरमा एक युवकको शव भेटिएको छ । नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।


उता काठमाडौं महानगरपालिका–३२ साईराम चोकस्थित एभरेष्ट फुटवेयरका कामदार बस्ने ट्रसले बनेको घरको दोस्रो तलाको कोठामा बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित डिएमएस बुट इन्ड्रस्ट्रिजमा काम गर्ने भारत उन्नउकापुर घर भएका ३४ वर्षीय श्याम मिश्र शुक्रबार मृत अवस्थामा फेला परेका छन् । दुवै घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्