Logo
Logo

प्रहरीमा फेरि कोरोना संक्रमण, एसएसपीसहितका प्रहरीलाई संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । फ्रन्टलाइन एजेन्सी नेपाल प्रहरीमा फेरि कोरोना संक्रमण बढ्न थालेका छन् । पछिल्लो २४ घन्टामा १३ जना प्रहरीमा संक्रमण भएको छ ।


धेरै प्रहरी अधिकारीले कोरोना खोप लगाएका छन् । त्यसका बाबजुत पनि संक्रमण भइरहेको छ । गत महिना संक्रमण शुन्यमा झरेकोमा दिनमै १३ जनामा संक्रमण देखिएको छ । शुक्रबार र शनिबार देशभरी दैनिक करिब नौ सय जनालाई संक्रमण भएको थियो ।
महानगरीय प्रहरी कार्र्यालय रानीपोखरीमा कार्यरत एक एसएसपीलाई समेत केही दिनअघि संक्रमण भएकोा उनलाई निको भएको छ ।

प्रतिक्रिया दिनुहोस्