Logo
Logo

सिआइबीद्वारा चिकित्सक पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक चिकित्सकलाई पक्राउ गरेको छ । पश्चिम रुकुमको चौरजहारी अस्पतालमा कार्यरत डा. दीपेन्द्र गौतमलाई सिआइबीले आइतबार पक्राउ गरेको हो ।


सिआइबी स्रोतका अनुसार उनको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएकाले पक्राउ गरिएको हो । मनाङको कामे गाउँपालिका ५ का डा. गौतममाथि एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते रहेको अभियोग छ ।
सिआइबीले यसअघि पनि अप्रेसन क्वाक चलाएर एक सय भन्दा धेरै चिकित्सकलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्