Logo
Logo

गृहमन्त्री थापाले लिए सपथ


दृष्टि संवाददाता


काठमाडौं । नवनियुक्त गृहमन्त्री रामबहादुर थापा मगरले ‘बादल’ले मन्त्री पदको सपथ लिएका छन् । आइतबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले बादललाई पद तथा गोपनियताको सपथ गराएकी हुन् ।

संविधानको धारा ८० बमोजिम मन्त्री थापाले पदको सपथ लिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि ओली नेतृत्वको मन्त्रिपरिषदमा गृह मन्त्रालयको नेतृत्व गरिरहेका थापाको आइतबार राष्ट्रियसभा सदस्य पद गुमेको थियो ।

राष्ट्रियसभा सदस्य पद गुमेसँगै उनको मन्त्री पदबाट स्वतः पदमुक्त भएको थियो । त्यसपछि राष्ट्रपति भण्डारीले थापालाई आइतबार नै गृह मन्त्री पदमा पुनः नियुक्ति गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्