Logo
Logo

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

प्रकाश ज्वाला लगायतलाई कारवाही गर्ने तयारी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकले कर्णाली प्रदेशमा ‘फ्लोरक्रस’ गर्नेलाई कारवाही गर्ने तयारी रहेको छ ।

यसअघि कर्णाली प्रदेश कमिटीले साधारण सदस्यता समेत नरहने गरी प्रकाश ज्वाला सहितका चारै नेताहरुलाई कारवाही गर्न सिफारिस गरेको थियो । त्यसमा ज्वाला बाहेक तीन जनालाई प्रदेश कमिटीले कारवाही गरिसकेको छ । यस्तै बैठकले मंसिरमा तोकिएको महाधिवेशनको सबै तयारी सुरु गर्ने भएको छ ।

नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीको गति नरोकिने बताउँदै फागुन २८ का निर्णयहरु बैधानिक रहेकाले यसमा प्रश्न उठाउनुको तुक नरहेको बताए । उनले भने, ‘हाम्रो पार्टी महाधिवेशनको तयारीमा जुटेको छ । समानान्तर कमिटी गठन गर्दै हिडको साथीहरुलाई त्यस्ता गतिविधि अन्त्य गरी महाधिवेशनको तयारी जुट्न आग्रह समेत गरिसकिएको छ ।’

यता, फागुन २८ यताका निर्णयहरूको वैधानिकतामाथि प्रश्न उठाउँदै झलनाथ–माधवले समूह निर्वाचन आयोग पुगेका छन् । विगतकै निर्णय खारेजी र कमिटीको वैधानिकतामाथि उठेको प्रश्नलाई बेवास्ता गर्दै उनले सोमबार महाधिवेशन आयोजक कमिटीको बैठक गर्दै छन् ।

महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले राजनीतिक र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । अहिलेको राजनीतिक परिदृश्य र पार्टीलाई महाधिवेशनसम्म लैजाने विषयमा ओलीले दिशानिर्देश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्