Logo
Logo

एमाले बैठकमा प्रधानमन्त्रीले रअसँग भेटेको प्रसंग


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमाले आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर निकाय ‘रअ’ प्रमुख सामन्त गोयलसँग भेटेकाे प्रसंग उठेकाे  छ।

सोमबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफैले उक्त प्रसंग उठाएका हुन् । बैठकमा सहभागी एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले रअ प्रमुख गोयलसँग हुँदै नभएको कुरालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूविरुद्ध कुप्रचार गरेको आरोप लगाए ।

केही समयअघि केही अनलाइन सञ्चारमाध्यममा ‘प्रधानमन्त्री ओली र  रअ प्रमुख सामन्त गोयलबीच चार बुँदे सहमति’ भनेर ‘फेक’ समाचार बाहिरिएको थियो । उक्त कुरा सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्री ओली र रअ प्रमुख गोयलबीच भएको भनिएको चार बुँदे सहमतिको कागजात ‘फेक’ भएको भन्दै प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको थियो ।

उक्त समाचार प्रकाशित गर्न सञ्चारमाध्यमले पनि आफ्नो भुल सुधार गर्ने प्रतिबद्धतासहित माफि मागिसकेका छन् ।

उनले प्रचण्ड दुई मुखे प्रवृत्तिको भएको पनि बताए । ‘एक मुखले देशभक्तिको कुरा गर्छन् । अर्को मुखले राष्ट्रघाती काम गर्छन् । एकातिर न्याय र सुशासनको कुरा गर्छन्। अर्कोतिर आपराधिक कर्म र भ्रष्टाचार गर्छन्’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्