Logo
Logo

केपी ओली भारतको टाङमुनि छिरिसके : देउवा (भिडियाेसहित)


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको टाङमुनि छिरिसकेको आरोप लगाएका छन् ।

सोमबार नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओली भारतको शरणमा पुगेको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री ओली राष्ट्रवादी नभइ अवसरवादी भएको पनि आरोप लगाए । कम्युनिष्टहरू अवसरवादी भएकोले अहिले नै काँग्रेसको नेतृत्वमा सरकार बन्ने खालको परिस्थिति आइनसकेको बताए ।

‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली आज इन्डियाको तुमशरणम् भइसक्यो,’ देउवाले भने, ‘भारतविरोधी नाराबाट जितेको ओली अहिले भारतको टाङमुनि छिरिसक्यो, कहाँ छ त्यो राष्ट्रवाद ? त्यसकारण यिनीहरू राष्ट्रवादी होइनन्, अवसरवादी हुन्।’

आफूले प्रधानमन्त्री ओलीलाई हटाउन नचाहेको भन्ने कुरा सत्य नभएको पनि सभापति देउवाले बताए । ओली सरकारले हरेक ठाउँमा हतकडी लगाएर राजनीतिलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको पनि बताए ।

भिडियाे

प्रतिक्रिया दिनुहोस्