Logo
Logo

आइजीपी नै हेडक्वार्टरमा गयल


दृष्टि संवाददाता


काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल करिब दुई सातादेखि कार्यालय गएका छैनन् । बिरामी भएर होइन सशस्त्र प्रहरीभित्रको अस्वस्थ राजनीतिले गर्दा उनी कार्यालय नगएका हुन् ।

सशस्त्र प्रहरी बलका दुवै एआइजीको चार वर्षे पदावधि दुई सातापछि सकिदैछ । एआइजीको पदावधि महानिरीक्षकको सिफारिसमा सरकारले एक वर्ष थप्न सक्ने प्रावधान छ । तर, महानिरीक्षक खनाल एआइजीद्वय पुष्पराम केसी र रामशरण पौडेलको कार्यकाल नथप्ने पक्षमा छन् । सोहीकारण उनी कार्यालय जान छाडेका हुन् ।

नेतृत्वमा टकराव चलिरहँदा सशस्त्र प्रहरीभित्र भने चरम विकृति बढेको छ । कतिसम्म भने राजीनामा स्वीकृत भइसकेका प्रहरीलाई समेत फेरि जागिरमा जोडिएको छ । प्रहरी जवान सुरेश यादवको राजीनामा गत २८ कात्तिकमा एसएसपी श्याम कोइरालाले स्वीकृत गरेका थिए । तर, अहिले पनि यादबले जागिर खाइरहेका छन् । हाल उनी प्यूठानस्थित गुल्ममा छन् ।

एआइजीद्वय केसी र पौडेल खनालकै ब्याची हुन् । एउटै ब्याची भएकाले उनीहरुबीच टकराव समेत छ । त्यही टकरावको कारण खनालले उनीहरुलाई अवकाश गराउन खोजेका छन् । सामान्यतया सशस्त्रमा डिआइजी र एआइजीको पदावधि एक वर्ष थप हुने गरेको छ । तर, खनाल जसरी पनि रोक्ने अभियानमा लागेपछि सशस्त्र नेतृत्वमा टकराव बढेको हो ।

आइजिपीले अवकाश दिने चाल खेलेपछि एआइजीद्वय भने शक्तिकेन्द्र धाउन थालेका छन् । अहिले पदावधि थप भए एआइजी केसी खनालको अवकाशपछि २१ दिन महानिरीक्षक हुनेछन् । उनको शक्तिकेन्द्रसँग पहुँच छ । जसकारण उनी यतिबेला जसरी पनि आफ्नो पदावधि थप्ने दौडधुपमा छन् ।
प्रहरी महानिरीक्षक खनालको कार्याकाल २०७८को चैत २९ मा सकिने छ । त्यसपछिको २१ दिन केसीको महानिरीक्षक सम्भावना छ । तर उनलाई रोक्न सकेको अवस्थामा खड्ग राई र मन्दिप श्रेष्ठमध्ये एक महानिरीक्षक हुने देखिन्छ । दुई एआइजीको म्याद थप नभए दुवैले आगामी माघमा अवकाश पाउनेछन् । जसकारण उनीहरु पनि एआइजीलाई अवकाश दिलाउने खेलमा लागेका छन् । दुवै एआइजीको म्याद थप नगरी अहिले एआइजी हुने उनीहरुको खेल छ । जसमा महानिरीक्षक खनालले साथ दिएका छन् ।

केसी महानिरीक्षक भएमा भने त्यसपछि प्रवीण श्रेष्ठ समेत महानिरीक्षक हुने सम्भावना छ ।

संगठनभित्र चरम विकृति

नेतृत्वमा टकराव चलिरहँदा सशस्त्र प्रहरीभित्र भने चरम विकृति बढेको छ । कतिसम्म भने राजीनामा स्वीकृत भइसकेका प्रहरीलाई समेत फेरि जागिरमा जोडिएको छ । प्रहरी जवान सुरेश यादवको राजीनामा गत २८ कात्तिकमा एसएसपी श्याम कोइरालाले स्वीकृत गरेका थिए । तर, अहिले पनि यादबले जागिर खाइरहेका छन् । हाल उनी प्यूठानस्थित गुल्ममा छन् ।

त्यतिबेला समस्यामा परेर राजीनामा दिएका यादबले महानिरीक्षक खनालका भाइ भुवन खनालमार्फत फेरि जागिर जोडेका हुन् । जबकि, उनको राजीनामा स्वीकृत भएको पत्र प्रहरी किताबखानामा समेत पुगिसकेको थियो । जवान यादब रुपन्देहीमा रहँदा घुमुवाका रुपमा काम गरी अकूत कमाएका प्रहरी हुन् । त्यही बेला महानिरीक्षक खनालका भाइ भुवनसँग उनको साँठगाँठ भएको थियो । भुवनले मणिग्राम होटल बनाउँदा यादबले तस्करीको निर्माण सामाग्री दिएर सहयोग गरेका थिए । अवैध धन्दाको पोल खोलिदिने धम्की दिएर यादबले उनी भुवनमार्फत फेरि जागिर जोडेको र हाजिर नै नभएको चार महिनाको समेत तबल लिएको स्रोत बताउँछ ।

त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा डिएसपी दीपेन्द्र कुँवरलाई नियमविपरीत स्टाफ कलेजमा पठाइएको छ । स्टाफ कलेजको प्रवेश परीक्षामा असफल भएका कुँवरलाई सेनाको स्टाफ कलेजमा पठाइएको हो । उनी कांग्रेस सभापति देउवाका पिए भानु देउवाका ज्वाइँ हुन् । स्टाफ कलेज नगरेका अधिकृतको एसएसपीभन्दा माथि बढुवा नहुने भएकाले व्यक्तिका लागि स्टाफ कलेजसम्बन्धि नियम नै सशंोधन गरिएको हो ।

उता सशस्त्र प्रहरी मुख्यालयमा वर्षाैदेखि एकै व्यक्ति महत्वपूर्ण पदमा छन् । कर्मचारी प्रशासन शाखाा डिएसपी रमेश शाही छन् । जो सेटिङमा माहिर मानिन्छन् । त्यस्तै आर्थिक प्रशासन शाखामा इन्सपेक्टर गणेश मल्ल एक दशकदेखि कार्यरत छन् । आर्थिक प्रशासनबाट उनले करोड भन्दा धेरै कमाइसकेको सशस्त्र प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्