काठमाडाैं । नयाँ भेरियन्टसहितको कोभिड–१९ (कोरोनाभाइरस) महामारीको संक्रमण बढ्दै गएपछि काठमाडौंमा सार्वजनिक यातायात सञ्चालनमा नयाँ नियम लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिलेबैठकले सरकारले जारी गरेको आदेशलाइ कडा रूपमा कार्यान्वयन गराउने निर्णय गरेकाे हाे ,
नयाँ नियमअनुसार बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।
यस्तै चालक तथा सहचालकले मास्क र भाइजर लगाउने, सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित गर्ने, यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा रु १० लिइ मास्क उपलब्ध गराइने उनले बताए ।
यस्तै लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी सुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण सीसीसीएमसीलाई उपलब्ध गराइने पनि पराजुलीले बताए ।
संयोजकमा यातायात व्यवस्था विभागको प्रतिनिधि रहनेछन् भने महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिकाको नगर प्रहरी, यातायात व्यवसायी, यातायात मजदुर संगठनको तर्फबाट पनि प्रतिनिधि रहनेछन् ।