Logo
Logo

परीक्षण नै नगरी ९ हजारमा पिसिआर रिपोर्ट, चिकित्सकसहित ८ पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । विदेश जानेहरुलाई स्वाव परीक्षण नै नगरी कोरोना निगेटिभ रिपोर्ट दिने ल्याबका सञ्चालकसहित आठ जना पक्राउ परेका छन् ।

काठमाण्डौको सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रा.लिका संचालक डा.सि.पी.श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रा.लिका सन्चालक प्रकाश रायमाझी भन्ने चित्र ब.रायमाझी लगायतका व्यक्तिले नक्कली रिपोर्ट बनाउने गरेका हुन् ।

नक्कली परीक्षण रिपोर्ट सहित ब्यवस्थापन प्रमुख डा.खेलानन्द प्रसाद सिंह सहित ८ जना ब्यक्तिहरुलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । उनीहरुबाट नक्कली रिपोर्ट समेत बरामद भएको छ । कतिपयमा पोजिटिभ देखिने भएपनि विदेश जान नेगेटिभ चाहिने भएकाले यसरी चर्काे मुल्य लिएर परीक्षण नै नगरी निगेटिभ रिपोर्ट दिने गरिएको महाशाखाले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरु :
१.जिल्ला झापा गौरादह न.पा.वडा नं.७ घर भई हाल का.जि.का.म.न.पा.३२ पेप्सीगोला बस्ने बर्ष ४५ को प्रकाश रायमाझी भन्ने चित्र ब.रायमाझी ।
२.जिल्ला सप्तरी राजबिराज न.पा.वडा नं.१३ घर भई हाल ल.पु.ईमाडोल बस्ने बर्ष ३२ को प्रमोद कुमार यादव ।
३.जिल्ला महोत्तरी गौशाला न.पा.१ घर भई बस्ने बर्ष ५० को प्रदिप कुमार गिरी ।
४.जिल्ला महोत्तरी सोनाम गा.पा.वडा नं.६ घर भई हाल का.जि.सिनामंगल बस्ने बर्ष २५ को अमन कुमार यादव ।
५.जिल्ला मोरङ बिराटनगर म.न.पा.वडा न.पा.३ घर भई हाल का.जि.अनामनगर बस्ने बर्ष ३२ को वजेश पोख्रेल ।
६.जिल्ला महोतरी गौसाला न.पा.वडा नं. १ घर भई हाल का.जि.बानेश्वर बस्ने बर्ष २२ को बादल मिरिङ छिङ ।
७.जिल्ला दोलखा बैतेश्वरी न.पा.वडा न.५ घर भई हाल का.जि.चाबहिल बस्ने बर्ष २२ को सरोज क्षेत्री ।
८.जिल्ला सप्तरी मध्यपुरा गा.पा.वडा न.१ घर भई हाल ललितपुर धापाखेल बस्ने बर्ष ४४ को डा.खेलानन्द प्रसाद सिंह ।

प्रतिक्रिया दिनुहोस्