Logo
Logo

नेपालमा रसियन खोप ल्याउने तयारी, स्पुतनिकले पायो अनुमति


दृष्टि संवाददाता


काठमाडौँ । कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक–भी ले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ । औषधी सल्लाहकार समितिको सिफारिसको आधारमा औषधि व्यवस्था विभागले मंगलबार रुसी खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो ।


अनुमति पाएसँगै सो खोप नेपालमा ल्याउने तयारी छ । निजी क्षेत्रबाट समेत सो खोप ल्याउन पहल भइरहेको छ । नेपालमा यसअघि भारतको सेरम इन्स्टिच्युट अफ इन्डियामा उत्पादित कोभिसिल्ड र भारत बायोन्टेकले उत्पादन गरेको कोभ्याक्सिन, चीनको सिनोफार्माले उत्पादन गरेको भेरोसेल खोपले आपतकालीन प्रयोगको लागि अनमुति पाइसकेका छन् । ती मध्ये कोभिसिल्ड र भेरोसेल नेपालमा लगाइएको छ ।

स्पुतनिक–भि खोप पनि २ देखि ८ डिग्री तापक्रममा स्टोर गर्न सकिन्छ । पहिलो डोज लगाएको ३ साता पछि दोस्रो डोज लगाउन मिल्ने बताइएको छ । सो खोप ल्याउन व्यवसायी बिशाद पण्डित लगायतले ८ महिनाअघि नै रसियन कम्पनीसँग सम्झौता गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्