Logo
Logo

दुई सचिवको अवकाश, चार सचिवको सरुवा


दृष्टि संवाददाता


काठमाडौँ । नेपाल सरकारका दुई सचिवले अवकाश पाएका छन् । कृषि मन्त्रालयका डा विश्वनाथ ओली तथा बागमती प्रदेशमा प्रमुख सचिवका रुपमा कार्यरत डा मानबहादुर विकेले मंगलबार अवकाश पाएका हुन् ।

अवकाश पाएका सचिव डा मानबहादुर विकेको बिदाई

लोक सेवा आयोगमा पदाधिकारी नभएकाले रिक्त पदमा तत्काल बढुवा हुने सम्भावना छैन । सरकारले केही सचिवको सरुवा पनि गरेको छ । सोमबार बसको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय(पशुपन्छीतर्फ)का सचिव डा. पेमनारायण कँडेललाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरेको छ ।

त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूह पदस्थापन गरिएका मुकुन्द प्रसाद पौड्यालको बागमती प्रदेशको प्रमुख सचिवमा पठाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय(ऊर्जा) सचिव दिनेशकुमार घिमिरेलाई राष्ट्रिय सतर्कता केन्द्र तथा केन्द्रका सचिव देवेन्द्र कार्कीको उर्जा मन्त्रालयमा सरुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस्