Logo
Logo

माधव-झलनाथ पक्षको रिट दर्ता भएन


दृष्टि संवाददाता


काठमाडौं । सत्तारुढ नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरूद्ध सर्वोच्च अदालतमा पेश गरेकाे रिट निवेदन बुधबार दर्ता हुन सकेन ।

बुधबार दिउँसो वरिष्ठ नेता नेता नेपाल समूहले अध्यक्ष ओलीविरूद्ध सर्वोच्च अदालतमा रिट पेश गरेका थिए  । सर्वोच्च अदालतका सह-प्रवक्ता देवेन्द्र ढकालका अनुसार  समय अभावका कारण रिट निवेदन दर्ता हुन नसकेको हो ।

केन्द्रीय कमिटी खारेज गरेर महाधिवेशन कमिटी बनाउने, आफूहरूमाथि कारबाही चलाउने अध्यक्ष ओलीको निर्णय पार्टी विधान र कानुनको समेत विपरित भएको भन्दै उनीहरू सर्वोच्च गएका हुन् ।

खनाल-नेपाल पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, अधिवक्ता टिकाराम भट्टराई र शम्भु थापा लगायतका कानुन व्यवसायी सर्वोच्च पुगेर वारेसनामामार्फत अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गर्न सर्वोच्च पुगेका थिए ।

फागुन २८ र त्यसयता अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णय कार्यान्वयन रोक्न र ‘गैरकानुनी कारबाही’को बाटो बन्द गर्न माग गर्दै उनीहरू सर्वोच्च पुगेका हुन् ।

पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेले माधव नेपाल र झलनाथ खनालसहित २७ जना संघीय सांसदलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नआए निस्कासन गर्नसक्ने गर्न सकिने भन्दै धम्कीपूर्ण पत्र पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्