Logo
Logo
ब्रेकिङ

ओली र नेपालबीच मेरियट होटलमा भेटवार्ता


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नक्सालस्थित मेरियट होटलमा ओली र नेपालबीच भेट भएको हो ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला र सांसद कारवाही गर्ने विषय अघि बढीरहँदा अचानक दुई नेताबीच भेट भएको हो  छलफलमा विष्णु पौडेल समेत सहभागी छन् ।

अपराह्न मात्रै नेपाल समूहका सांसद योगेश भट्टराईले ओलीसँग भेटेर हाल पार्टीभित्रको विवाद समाधान गर्न आग्रह गरेका थिए । धेरैले भट्टराईलाई नेपाल समूहको दूत बनेर ओलीलाई भेट्न गएको रूपमा समेत अर्थाएका थिए ।

मेरियट होटलमा जारी भेटले थप पुष्टि गरेको नेताहरूले बताएका छन् ।

तस्वीर : अ‍ोली र प्रचण्डबीच भेटवार्ता भइरहँदा होटल बाहिरको दृष्य ।

तस्वीर : अ‍ोली र प्रचण्डबीच भेटवार्ता भइरहँदा होटल बाहिरको दृष्य ।

प्रतिक्रिया दिनुहोस्