Logo
Logo

प्रदेश २ को नाम ‘जानकी’ राख्न एमालेको प्रस्ताव


दृष्टि संवाददाता


जनकपुरधाम । नेकपा एमालेले प्रदेश २ को नाम जानकी राख्न प्रस्ताव गरेको छ । प्रदेशसभा सचिवालयले प्रस्ताव आह्वान गरेपछि नेकपा एमालेले प्रदेशको नाम जानकी राख्न प्रस्ताव दर्ता गराएको हो ।

एमाले संसदीय दलका नेता शत्रुधन महतोले प्रदेशको नाम जानकी र स्थायी राजधानी जनकपुरधाम हुनुपर्ने भनेर प्रस्ताव दर्ता गराएको बताए ।

यसअघि प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै सत्तारुढ जनता समाजवादी (जसपा) र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै रुपमा प्रस्ताव दर्ता गराइसकेका छन् ।

नाम र स्थायी राजधानीका लागि दुईतिहाइ बहुमतको आवश्यक पर्दछ । प्रदेश २ का कुल १०७ सांसदमध्ये ६९ जनाले हस्ताक्षर गरेमा नाम र स्थायी राजधानी तोकिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्