Logo
Logo

ओलीसँग भेटेपछि माधव नेपालको प्रतिक्रिया-‘म केही बोल्दिन’


दृष्टि संवाददाता


काठमाडौं । चैत २ पछि पहिलो पटक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । भेटवार्ताका लागि दुवै नेताले होटल मेरियट रोजे । झण्डै दुई घण्टा लामो भएको भेटमा पार्टीभित्रको विवादका विषयमा कुराकानी भएको थियो ।

दुई घण्टापछि होटलबाट बाहिरिँदै गर्दा नेता नेपालले सञ्चारकर्मीसँग भने ‘म केही बोल्दिन’ । खासमा नेपाललाई सञ्चारकर्मीले भेटका विषयमा केही जानकारी दिन भनेका थिए । तर, नेपालले अहिले केही नबोल्ने बताएका हुन् ।

यद्यपी, बुधबार भएको भेटले पार्टीभित्रको विवाद समाधान हुनसक्ने संकेत देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्