Logo
Logo

प्रधानमन्त्री ओली अस्पताल भर्ना, स्वास्थ्य स्थिति सामान्य रहेकाे अस्पतालकाे भनाइ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । नियमित चेक जाँचका लागि बुधबार बिहानदेखि प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो ।
नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानु पर्ने भए पनि समय नमिलेकाले प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गर्न लागिएको प्रधानमन्त्रीको निजी चिकित्सक डाक्टर दिब्या सिंहले जनाएका छन् । डाक्टर सिंहका अनुसार प्रधानमन्त्री ओलीलाई कम्तीमा २४ घन्टा अस्पताल राखिनेछ ।

त्रिवि शिक्षण अस्पतालले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीकाे स्वास्थ्य सामान्य रहेकाे जनाएकाे छ ।

हेर्नुहाेस् अस्पतालकाे विज्ञप्ति-

प्रतिक्रिया दिनुहोस्