Logo
Logo

होटलमा युवतीसहित पक्राउ परे गाउँपालिका अध्यक्ष


दृष्टि संवाददाता


सुनसरी । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोक्राहा नरसिंह गाउँपालिका–३ बस्ने ५४ वर्षीय महेन्द्र प्रसाद यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


यादवले ती किशोरीलाई धरान उपमहानगरपालिका–१३ स्थित डुकु होटल एण्ड लजको कोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । जागिर लगाइदिने प्रलोभनमा उनले युवतीलाई होटलमा लिएर गएको खुलेको छ ।

५२ वर्षीय गाउँपालिका अध्यक्ष यादवलाई संखुवासभा घर भई परिवारसँग इटहरीमा बस्दै आएकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

 

गाउँपालिका अध्यक्ष यादवले पीडित किशोरीलाई धरान(भेडेटार सडक खण्डको सारंगा डाँडा मास्तिरको डुकु होटलमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनलाई अर्धनग्न अवस्थामा पक्राउ गरिएको डीएसपी बस्‍नेतले बताए । पीडित किशोरीकी आमा र दिदीले यादवविरुद्ध उजुरी दिएका छन् । प्रहरीले बुधबार सुनसरी जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धानका लागि यादवलाई हिरासतमा राखेको छ ।

बुधबार दिँउसो अध्यक्ष यदावले को १ झ ३४४१ नम्बरको सरकारी गाडीमा ती युवतीलाई चढाएर डुकु होटल लगेका थिए । ती किशोरीलाई गाउँपालिकामा जागिर लगाइदिन्छु भन्दै यादवले इटहरीबाट गाडी चढाएर उक्त होटल लगेको प्रहरीले जनाएको छ । होटलको कोठामा पुर्‍याएपछि अध्यक्ष यादवले किशोरीलाई ‘तिमिलाई जसरी पनि जागिर मिलाइदिउला’ भन्दै शारीरिक सम्पर्क राख्न खोजेका थिए । डीएसपी बस्नेतका अनुसार किशोरीले शारीरिक सम्पर्क राख्न नमानेपछि यादवले बियर खुवाएर मताएपछि बलात्कार गरेका थिए ।

किशोरी बलात्कृत भएको सूचना पाएलगत्तै प्रहरीले डुकु होटलबाट अर्धनग्न अवस्थामा यादवलाई पक्राउ गरेको थियो । डीएसपी बस्‍नेतले भने, ‘किशोरी र यादवबीच केही समय पहिलेदेखि सामान्य चिनजान सम्पर्क भएको आधारमा अध्यक्ष यादवले ती किशोरीलाई जागिर लगाइदिने प्रलोभन देखाउँदै आएका रहेछन् । बुधबार गाउँपालिकाका अध्यक्ष आफैं नै गाउँपालिकाको सरकारी गाडीमा चढेर इटहरी आएर किशोरीलाई लिएर डुकु होटल गएको देखिएको छ ।’ अध्यक्ष यादवले आफ्नो र किशोरीको नक्कली नाम लेखाएर कोठा बुक गरेको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ । यादवले होटलमा आफ्नो नाम सलिन साह लेखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्