Logo
Logo

यूरोप पठाउने भन्दै १९ लाख ठगी


दृष्टि संवाददाता


काठमाडौं । युरोप पठाइदिन्छु भन्दै १९ लाख ४७ हजार रुपैयाँ ठगी गरेको अभियोमगा काठमाडौं महानगरपालिका–१६ नयाँ बजार बस्ने चितवन राप्ती नगरपालिका–३ घर भएका ३६ वर्षीय भरत प्रसाद राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।


ग्रान्डि ग्लोबल होलिडेज प्रालिका संचालक राईले युरोपका पोर्चुगल, लाटभिया लगायतका देशमा भिजिट भिषामा जानका लागि १० लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी ६ जना व्यक्तिहरुसँग १९ लाख ४७ हजार रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको खुल्न आएपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
राईलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्