Logo
Logo

मोटरसाइकलमा पेस्तोल लिएर हिडेका एक युवक पक्राउ, एक फरार


दृष्टि संवाददाता


काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ कालिन्जोर चोकबाट मेडइन युएसए लेखिएको १ थान पेस्तोल, सोको ४ राउण्ड गोली र १ थान म्याग्जिन सहित चन्द्रनगर गाउँपालिका–२ बस्ने ३२ वर्षीय त्रिभुवन बैठालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


बिआर ३० जेड ६५४८ नम्बरको मोटरसाइकललाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक बैठालाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।
हाल फरार रहेका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० वर्षीय रामकेवल महतोको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्