Logo
Logo

टिकापुर हत्याकाण्डः सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २२ फागुन ।
साढे तीन वर्षअघि कैलालीको टिकापुरमा भएको हत्यामा संलग्न सांसद रेशम चौधरीसहित नौ जनालाई जन्मकैदको फैसला भएको छ । कैलाली जिल्ला अदालतले बुधबार यस्तो फैसला गरेको छ ।


जिल्ला न्यायधीश पर्शुराम भट्टराईले यस्तो फैसला सुनाएका हुन् । नेपालको कानूनअनुसार जन्मकैद मुद्दामा २० वर्ष कैद सजाय हुन्छ ।
एक बालक सहित ९ जनाको ज्यान जानेगरी २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा हत्या भएको हो । २६ जनाविरुद्ध मुद्दा दायर भएकोमा ११ जनालाई जन्मकैद फैसला भएको हो ।

प्रतिवादीहरुको तर्फबाट वरिष्ठ अधिवक्ता गोपालप्रसाद घिमिरे, पूर्व न्यायधिवक्त हरि फुयाल र अधिवक्ता दिनमणि पोख्रेलले रेशम चौधरीका लागि मात्रै बहस गरेका छन्। यस्तै दिनमणि पोख्रेलले रेशमसहित प्रतिवादीहरु लाहुराम चौधरी र लक्ष्मण थारुका पक्षमासमेत बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्