Logo
Logo

वैदेशिक रोजगारबाट फर्किएका श्रीमानलाई विष खुवाएर हत्या गर्ने महिला पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । आफ्नै श्रीमानको हत्या गर्ने महिला पक्राउ परेकी छिन् । ३२ वर्षीय विष्णु थापा मगरको विषादीयुक्त खाना खुवाई हत्या गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–४ डेरा गरी बस्ने धादिङ साविक मुलपानी गाविस–२ घर भएकी २९ वर्षीय पार्वती थापा मगरलाई बुधबार प्रहरीले पक्राउ गरेकाहो ।


बैदेशिक रोजगारबाट फर्केका बिष्णुले आफ्नै श्रीमती पार्वतीले पकाएको खाना खाँदा उकुस मुकुस भई अफ्ठ्यारो भएपश्चात तत्काल उपचारको लागि मध्यपुर अस्पताल भक्तपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । उक्त घटनाको थप अनुसन्धान गर्ने क्रममा मृतक बिष्णुको भिषेरा, घटनास्थलबाट उठाईएको खाना परीक्षण गर्दा उक्त खानामा किटनाषक बिषादी फेला परेको थियो ।
उक्त कार्यमा उनकै श्रीमती पार्वती संलग्ने रहेको भन्ने खुलेपश्चात महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले पार्वतीलाई उनकै कोठाबाट पक्राउ गरेको हो । सुरुमा पार्वतीले नाटक गरी आफैं प्रहरीमा उजुरी दिएकी थिइन् । अर्का पुरुषसँग बिहे गर्नका लागि उनले त्यसरी श्रीमानको हत्या गरेको अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्