Logo
Logo

टी-२० अन्तर्राष्ट्रियमा नेपालले बनायो हालसम्मकै उच्च स्कोर


दृष्टि संवाददाता

945
Shares

काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई २३९ रनको विशाल लक्ष्य दिएको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनाएको हो ।

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै उच्च स्कोर हो । नेपालले यसअघि भुटानविरुद्ध २३६ रन बनाएको थियो।

नेपालको लागि ओपनर कुशल भुर्तेल, अलराउन्डर कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङमा गरे । कुशल भुर्तेलले ७७ रनको योगदान गरे । कुशल मल्ले ५० रन जोडे । दीपेन्द्र सिंहले ४८ रन बनाए ।

नेपालले तेस्रो ओभरको दोस्रो बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो । नेपालका लागि आसिफ शेख १६ रन बनाएर आउट भए । नेपालले ९ ओभर ३ बलमा आफ्नो दोस्रो विकेट गुमाएको थियो । कप्तान ज्ञानेन्द्र मल्ल ३३ रन बनाएर आउट भए ।

कुशल भुर्तेलको रुपमा नेपालले आफ्नो तेस्रो विकेट गुमायो । कुशल भुर्तेल ७७ रन बनाएर आउट भए । कुशलले ५३ बलमा आठ चौका तीन छक्का प्रहार गरे ।

 

प्रतिक्रिया दिनुहोस्