Logo
Logo

कञ्‍चनपुरमा मिनी बस दुर्घटना, १५ जना घाइते


दृष्टि संवाददाता

63
Shares

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चम्फापुर पोष्टनजिक शनिबार दिउँसो से१ख ६२४ नम्बरको मिनी बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्।

घाइतेमध्ये एकजना यात्रुको अवस्था गम्भीर रहेको छ। बेलौरीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको बसले साइड दिने क्रममा चालकले नियन्त्रण कायम गर्न नसक्दा सडक छेउमै पल्टिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए।

बसमा सवार घाइते १५ जनामध्ये ११ जनाको शुक्लाफाँटा नगरपालिका १० झलारीस्थित शुक्लाफाँटा पोलिक्लिनीक र टी एण्ड सि हस्पिटलमा उपचार भइरहेको छ।

तीन यात्रुलाई उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ। एकजनाको महाकाली अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ। बस चालक प्रकाश भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्