Logo
Logo

सीमानाका हुँदै सुदूरपश्चिमका गाउँ गाउँमा कोरोना फैलियो


हिक्मत बम


धनगढी । भारतका विभिन्न शहरमा दोस्रो लहरको कोरोना तीव्र फैलिएसँगै रोजगारीको शिलशिलामा भारत गएका नेपाली स्वदेश फर्किने क्रम बढ्दो छ ।

भारतबाट नेपाल फर्किएकाहरुले स्वास्थ्य सुरक्षका मापडण्ड नअपनाउँदा र सीमानाकामा हुने चेकजाँचका कडाइ नगरिदा नेपालमा कोरोना संक्रमणले भयावह रुप लिँदै गएको छ ।

सीमानाकासँग जोडिएका सुदूरपश्चिमका जिल्लाहरुबाट नेपाल प्रवेश गरेकाबाट कोरोना संक्रमण गाउँसम्म फैलिँदै गएको स्वास्थ्यकर्मी बताउँछन् । दोस्रो लहरमा फैलिएको कोरोना भाइरस गतवर्ष देखिएको भन्दा निकै संक्रमक भएको भन्दै सरकारले बारम्बार सतर्कता अपनाउन आग्रह गरेपनि गाउँस्तरमा त्यसको कार्यान्वयन हुन सकेको छैन ।

स्थानीय प्रशासनले दिएको निर्देशन समेत स्थानीयस्तरमा पालन नहुँद सुदूरपश्चिममा गाउँस्तरसम्म नै कोरोना संक्रमण फैलिएको हो ।
पछिल्लो समय संक्रमित भएका धेरै गम्भीर अवस्थामा पुगेको र अस्पतालनै भर्ना गर्नु परेको भए पनि स्थानीय सरकारले सक्रियतापूर्व काम गर्न सकेको छैन ।

जसले सुदूरका पहाडी जिल्लाको गाउँस्तरसम्म कोरोना संक्रमण फैलिएको छ । सुदूरपश्चिममा दिन प्रतिदिन संक्रमितको संख्या बढेको छ । प्रत्येक दिन कम्तिमा दुई जनाको मृत्यु हुने गरेको छ ।

नयाँ भेरियन्टको संक्रमण फैलिएकाले संक्रमितमा देखिएको शुरूवाती लक्षण हेर्दा यसपटक हाम्रो स्वास्थ्य संरचनाले थेग्न नसक्ने स्थिति निम्तनसक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

आइसोलेशन र क्वारेन्टिननै छैन

सुदूरपश्मिका स्थानीय तहले अहिलेसम्म अइसोलेशन र क्वारेन्टिन व्यवस्था गर्न नसक्दा संक्रमित गाउँघरमै बस्नु पर्ने अवस्था छ ।

पछिल्लो समय संक्रमितमा देखिएको लक्षण हेर्दा छिटोभन्दा छिटो क्वारेन्टिन र आइसोलेशन व्यवस्था गर्नुपर्ने भएपनि सरकारले त्यसतर्फ ध्यान दिएको छैन । संक्रमित बढ्दै जाँदा धेरैलाई आइसोलेशन अभाव हुने चिकित्सक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्