Logo
Logo

ओलीप्रति बाबुरामको टिप्पणी- आज उनै बयलगाडे धरहरा चढेर परिवर्तनकामीहरूलाई दुत्कार्दैछन् !


दृष्टि संवाददाता


काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढेर परिवर्तनकामीहरुलाई दुत्कारेको टिप्पणी गरेका छन् ।

२०७२ सालको भूकम्पले भत्किएपछि नयाँ बनाइएको धरहरा प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गरेपछि डा भट्टराईले सामाजिक सञ्जाल ट्वीटर मार्फत ‘बयलगाडे धरहरा चढेर परिवर्तनकामीहरुलाई दुत्कार्दैछन्’ भन्दै टिप्पणी गरेका हुन्।

उनले लेखेका छन्– ‘लोकतन्त्र दिवस मनाउॅदै गर्दा सबैले याद राखौं(तत्कालीन माओवादी र७दल बीच१२बुॅदे समझदारी हुनुअघि आन्दोलन रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै थियो ! बयलगाडे महावाणीहरू ओकलिंदै थिए ! शक्तिकेन्द्रहरू २–खम्बे नीति फलाक्दै थिए ! अनि आज उनै बयलगाडे धरहरा चढेर परिवर्तनकामीहरूलाई दुत्कार्दैछन् !

प्रतिक्रिया दिनुहोस्