Logo
Logo

रुपन्देहीमा जोर बिजोर प्रणाली लागू


दृष्टि संवाददाता


बुटवल । कोरोना संक्रमण दर बढ्दै गएपछि रुपन्देहीमा सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारीको बैठकले मंगलबारदेखि जोर बिजोर प्रणालीमा बाइक, बस र अन्य निजी गाडी चलाउन पाउने निर्णय गरेको हो ।

एम्बुलेन्स र शब वाहन तथा औषधि, दूध बोक्ने तथा सरकारी कर्मचारी, प्रेसका सवारी साधनलाई भने जोर बिजोर प्रणाली लागू नहुने रुपन्देही प्रशासनले जनाएको छ । यस्तै बैठकले वैशाख मसान्तसम्म रुपन्देहीका १६ वटै स्थानीय तहका विद्यालय बन्द गर्ने र परीक्षा पनि अर्को सूचना नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको छ ।

बैठकले जिल्लाभित्र सञ्चालन हुने सबै हाटबजार सञ्चालनमा पनि रोक लगाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्