Logo
Logo

बहुमत पुग्ने आधार नहुन्जेल अविश्वासको प्रस्ताव दर्ता हुँदैन : कांग्रेस


दृष्टि संवाददाता

441
Shares

काठमाडाैं । नेपाली कांग्रेसले अविश्वासको प्रस्तावमा बहुमत नपुग्ने बलियो आधार नभइ सरकार विस्थापनतिर नलाग्ने पुनः प्रष्टाएको छ । बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाकाे निवासमा बसेको केन्द्रीय समिति बैठकले सरकार हटाउन बहुमत संख्या पुग्ने आधार नभइ अविश्वासको प्रस्ताव दर्ता गर्न उपयुक्त नहुने निष्कर्ष निकालेकाे हाे ।

प्रधानमन्त्रीको राजीनामा मागिसकेको उल्लेख गर्दै उपसभापति विमलेन्द्र निधिले भने,‘कांग्रेसका नेतृत्वमा सरकार बनाउने पहल त भइरहेकै थियो। पहल गरेपनि बहुमतका लागि जुन संख्या पुग्नुपर्ने हो,त्यो संख्या पुगिरहेको छैन।’

सरकारको नेतृत्व गर्ने कांग्रेसको पहल भने नरोकिने उनले बताए। ‘संख्या नपुगेसम्म अविश्वासको प्रस्ताव राख्ने कुरै भएन। फेल भयो भने त एक वर्षसम्म राख्न पाइदैन। हामी नै खाडलमा परिन्छ,’ निधिले भने।

राष्ट्रिय सभा सदस्यको रिक्त एक स्थानमा जेठ ६ मा हुने निर्वाचनमा कांग्रेसको उम्मेदवारीबारे छलफल नभएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्