Logo
Logo

भीम रावलकाे प्रश्न- ओली गुट कानुनभन्दा माथि हुने अध्यादेश जारी भइसक्याे ?


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली गुटलाई सरकारी निर्णय लाग्दैन र? भन्दै प्रश्न गरेका छन्।

प्रधानमन्त्री ओलीले निरन्तर रुपमा बालुवाटारमा गुट भेला र बाहिर समारोह गरेपछि नेता रावलले यस्तो टिप्पणी गरेका हुन्।

उनले ओलीलाई व्यंग्य गर्दै सरकारी निर्णय र कानून भन्दामाथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो? कानुनका सामु सबै बराबर होइन र? भनेर सोधेका छन्।

उनले ट्विटरमा लेखेका छन्, ‘कोरोनाबाट जोगिन अरूलाई भेला, बैठक, समारोह नगर्न भन्ने तर प्रम ओली र उहाँका निकटस्थ हरू भेला,बैठक,समारोह गरिरहने,यो के हो? प्रम ओली गुटलाई सरकारी निर्णय लाग्दैन र? कि उहाँको गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो? कानुनका सामु सबै बराबर होइन र?’

प्रतिक्रिया दिनुहोस्