Logo
Logo

एनआइबीएल समृद्धि फण्ड–२’ निष्कासन


दृष्टि संवाददाता


काठमाडौं । एनआइबीएल एस क्यापिटलले सोमबारदेखि ‘एनआइबीएल समृद्धि फण्ड–२’ निष्कासन गरेको छ । कम्पनीले १२ करोड इकाइ निष्कासन गरेको हो ।


कुल इकाइमध्ये १० लाख इकाइ बीज पुँजी वापत कोष व्यवस्थापक एनआइबीएल एस क्यापिटल र २ करोड ३० लाख इकाइ कोष प्रबद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई छुट्याएको छ । बाँकी ९ करोड ६० लाख इकाइमा सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्य रहेको उक्त फण्डमा बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड २० लाख इकाइसम्म आवेदन दिन सक्नेछन् । यो १० वर्षे बन्दमुखी योजना भएको कम्पनीका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले बताए । यसमा २० प्रतिशत प्रतिफल दिने आँकलन कम्पनीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्