Logo
Logo

सशस्त्र प्रहरीको राशनभत्तामा अनियमितता


दृष्टि संवाददाता


काठमाडौं । सशस्त्र प्रहरीको तालिम केन्द्रहरुमा राशन भत्ताको अनियमितताले सीमा नाघेको छ । विदामा बसेको बेलाको समेत सशस्त्र प्रहरीहरुले रासनको पैसा तिर्नुपर्ने अवस्था छ ।

तालिमका प्रशिक्षार्थीहरूलाइ बिदा छोडेर राशनको पैसा लिने प्रवृत्ति सशस्त्र प्रहरीका सबै जसो तालिम केन्द्रमा छ । तालिमको बीचमा बाहिरी अभ्यास सकेर प्रशिक्षार्थाीलाई एक देखि डेढ हप्तासम्म बिदा छोडिन्छ । तर, प्रशिक्षार्थीले भने त्यसरी बिदामा बसेको दिनको समेत राशनको पुरै पैसा तिर्नुपर्ने हुन्छ । तालिममा पछाडि पारिदिने तथा नियतवश दुःख पाइने डरले यस्तो अनियमिततामा कोही पनि बोल्न नसक्ने अवस्था छ ।

यो समस्या मातातिर्थको सशस्त्र प्रहरीको एकेडेमीदेखि सबै तालिम केन्द्रमा छ । पोखराको लामापाटनस्थित तालिम केन्द्र, नवलपरासीको बर्दघाट, बाँकेको नौबस्तालगायत सबै तालिम केन्द्रका हाकिमहरु तल्लो तहका प्रहरीको राशनभत्ता खाने गरेका छन् । अझ ककनीस्थित युनएन तालिम केन्द्रका प्रमुख एसएसी भेष बहादुर शाहले त केही दिन अघि आफ्नो २५औं बैबाहिक बर्षगांठ तालिमकेन्द्र भित्रै मनाए । राशनकै पैसाले तालिम केन्द्रमा उनले पार्टी गरेको स्रोत बताउँछ ।

उता, राशनमा ब्यापक अनियमितता गरेका मनाङस्थित गुल्मका डिएसपी होमनाथ पन्थीले उन्मुक्ति पाएका छन् । छानबिनका लागि मुख्यालय तानिए पनि उनी पुनः गुल्म फर्किएका छन । अनियमिततामा संलग्नहरुलाई मुख्यालयबाट निगरानी र कारवाही नहुँदा तालिम केन्द्रहरुमा बेथिति बढेको हो ।

त्यस्तै सशस्त्रको रक्तकाली गण सुर्खेतका गणपति एसपी दिग्बिजय सुवेदी विरुद्ध पनि उजुरी परेको छ । सुर्खेतका एसपी सुवेदीमाथि बाहिनीमा समेत उजुरी परे पनि डिआइजी अभि खत्रीले उल्टो संरक्षण गरेका छन् । एसपी सुवेदी यसअघि बारामा हुँदा कारबाहीमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्