Logo
Logo

बुधबारदेखि सर्वाेच्च अदालतले जरुरी प्रकृतीका मुद्दा मात्र हेर्ने


दृष्टि संवाददाता


काठमाडौं । बुधबारदेखि सर्वाेच्च अदालतमा नियमित मुद्दाको सुनुवाई बन्द हुने भएको छ ।

कोभिड–१९ को जोखिमका कारण बन्दीप्रत्यक्षीकरण तथा जरुरी प्रकृतीका मुद्दाको मात्र सुनुवाई हुने भएको छ । अन्य अदालतहरुको हकमा स्थानीय अवस्थाको मुल्याङकन गरेर सम्बन्धित अदालतबाटै निर्णय हुने भएको छ ।
इजलाश स्थगन हुँदा मुद्दाका हदम्याद तथा तारेख नगुज्रने सर्वाेच्च अदालतले जनाएको छ। यससम्बन्धि विस्तृत निर्णय ३१ बैशाखामा बस्ने पूर्ण इजलाशले गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्