Logo
Logo

चितवनमा दुई साता निषेधाज्ञा (निर्णयसहित)


दृष्टि संवाददाता

315
Shares

चितवन । दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि चितवनमा भोलि (बिहीबार) देखि दुई सातासम्मको लागि निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को आज (बुधबार) बसेको बैठकले वैशाख १६ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण दर तीव्र रुपमा बढ्दै गएपछि निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।

तराईका जिल्लाहरुमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५०० नाघेपछि निषेधाज्ञा लगाउन सक्ने मन्त्रिपरिषदको निर्णय अनुसार चितवनमा निषेधाज्ञा लागु गरिएको हो।

निषेधाज्ञामा एम्बुलेन्स (दुई कुरुवासहित तीन जना) शववाहन, दमकल, स्वास्थ्य सामग्री ढुवानी गर्ने सवारी साधनलगायत अत्यावश्यक सेवा तथा सरकारी काममा प्रयोग हुने सवारी साधनहरु प्रयोग गर्न पाइने छ।

प्रतिक्रिया दिनुहोस्