Logo
Logo

सत्ता जोगाउन अपराधको सहाराः असइको हत्यामा संलग्नको मुद्दा फिर्ता लिने तयारी


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउन अपराधीलाई जोगाउन थालेका छन् । जनता समाजवादी दललाई फकाउन उनले गम्भीर प्रकृतीका मुद्दा पनि फिर्ता लिन थालेका छन् ।


गत सताको मन्त्रिपरिषद्को बैठकले जसपाको १ सय २० जना जसपा नेता कार्यकर्ता माथि लागेको फौजदारी मुद्दा फिर्ता लिने निर्णय गरेको हो । जसमा प्रहरी चौकीमा आक्रमण गरेर आगो लगाउनको मुद्दा पनि फिर्ता लिइएको छ । प्रदेश–२ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाको मुद्दा पनि फिर्ता भएको छ । उनीमाथि प्रहरी चौकी आक्रमण गरको मुद्दा छ ।

महोत्तरीबाट प्रदेशसभा सदस्यमा निर्वाचित कुशवाहामाथि बलवा प्रहरी चौकी तोडफोड तथा आगजनी मुद्दा थियो । मधेस आन्दोलनका क्रममा प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा कुशवाहासहित १९ जनामाथि मुद्दा चलाइएको थियो । बलवा प्रहरी चौकीमाथि भएको आक्रमणको घटनामा संलग्न भनिएका १९ जनाको मुद्दा समेत फिर्ता भएको छ । उक्त घटनामा संलग्न मनरासिस्वा नगरपालिकाकी उपमेयर रमिता प्रधानकी श्रीमान् विनोद गामीको मुद्दा पनि फिर्ता लिइएको छ ।

असई थमन विक हत्या घटनाको मुद्दा समेत फिर्ता लिने आश्वासन सरकारले जसपालाई दिएको छ । प्रहरीको हत्या तथा प्रहरी चौकीमा आक्रमण गर्नेको मुद्दा फिर्ताको निर्णय भएपनि प्रहरीको मनोबल भने खस्किएको छ ।

प्रतिक्रिया दिनुहोस्