Logo
Logo

गण्डकीमा मन्त्रिपरिषद विस्तार : दीपक मनाङे युवा तथा खेलकुद मन्त्री


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषिद् विस्तार गरेका छन् । आफूविरूद्ध अविश्वास प्रस्ताव आइरहेका बेला मुख्यमन्त्री गुरूङले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

स्वतन्त्र सांसद राजिव गुरूङ (दीपक मनाङे) युवा तथा खेलकूद मन्त्री भएका छन् । सामाजिक विकास मन्त्रालयबाट फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको हो ।

हिजो संसदमा अविश्वास प्रस्तावमाथि मतदानको कार्यक्रम भए पनि दुई सांसदको अनुपस्थितिले स्थगित भएको थियो ।

माओवादी केन्द्रले मन्त्री फिर्ता गरेपछि २ वटा मन्त्रालय खाली छन् । जसमा मुख्यन्त्री गुरुङले कृषिमन्त्रालय र कानून मन्त्रालय रामशरण बस्नेतले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्