बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै प्रदेशका विपक्षी दलहरु छलफलमा जुटेका छन् ।
पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी काँग्रेस, माओवादी केन्द्र र जसपा लगायत दलहरू प्रदेश प्रमुखको कार्यालयमा छलफलमा जुटेको काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कडरियाले रातोपाटीलाई जानकारी दिए ।
विपक्षी दलहरुले प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको सपथ नखुवाउन पत्र बुझाएका थिए । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएलगत्तै एकल बहुमतको सरकारका लागि प्रदेश प्रमुखलाई पत्र बुझाएका थिए । तर, पोखरेलले बुझाएको पत्रमा सांसद विमला केसीको समेत हस्ताक्षर भएपनि उनले आफु माओवादी केन्द्रमा लागेको खुलासा भएको थियो ।











