Logo
Logo

ओलीविरुद्ध विद्रोह- आफ्नै मुख्यमन्त्री हटाउन राजीनामादेखि फ्लोर क्रससम्म


दृष्टि संवाददाता



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीविरुद्ध एमालेका नेताहरुमा तिव्र आक्रोश देखिएको छ । कतिसम्म भने आफ्नै पार्टीको मुख्यमन्त्री हटाउन सांसद पदबाट राजीनामा समेत दिन थालेका छन् ।


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेयले राजीनामा नै दिएका छन् । त्यस्तै, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा समेत पोखरेललाई सहयोग नगर्ने घोषणा गरेका छन् । जबकी उनीहरुकै बहमुत देखाएर पोखरेल आइतबार फेरि मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।


यो घटनाले ओलीको कार्यशैलीप्रति पार्टीका नेताहरुमा तिव्र असन्तोष थप प्रकट भएको छ । सर्वाेच्च अदालतको फैसालप्रति ओलीले आफ्नो आलोचना गर्ने नेताहरु सबैलाई कारबाही गरी पार्टी र सरकारमा एकलौटी राज चलाएका थिए । त्यसविरुद्ध माधव नेपाल पक्षले वडा तहसम्म समानान्तर कमिटी गठन गरिसकेको छ ।
यसअघि कर्णाली प्रदेशमा समेत चार सांसदले फ्लोर क्रस गरेर माओवादीका मुख्यमन्त्री महेन्द्र शाहीको पक्षमा मतदान गरेका थिए । कारबाही हुन्छ भन्ने पूर्व जानकारी भएरै त्यसरी ओलीको कार्यशैलीविरुद्ध त्यसरी फ्लोर क्रस गरेको उनीहरुले बताएका थिए ।
अन्य प्रदेशमा पनि त्यस्तै अवस्था छ । केन्द्रमा समेत अब त्यही अवस्था आउने माधव नेपा निकट नेताहरुले बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्