Logo
Logo

जनतालाई भोकै मर्न दिइने छैन : प्रधानमन्त्री ओली


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको पिसीआर परीक्षण बताएका छन् । सोमबार देशबासीको नाममा सम्बोधन गर्दै उनले नेपाली नागरिकहरुलाई चेकजाँच गरेर मात्र आउन दिने र संक्रमितको उपचार गरिने बताए ।

हाल संक्रमण फैलिन नदिनका लागि विज्ञहरूको सुझावअनुसार नै निषेधाज्ञा लगाउनेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोकिएको, भारतसँगका नाका बन्द गरिएको प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा स्वास्थ्य संरचनामा उल्लेखनीय सुधार गरिएको दाबी पनि गरे । उनले सबै जसो अस्पताललाई कोभिडको उपचार गर्न सक्ने स्थितिमा पुर्‍याइएको बताए ।

ओलीले नागरिकको जीवन रक्षाका लागि सरकार लागिपरहेको बताए । उनले भने, ‘जनताको स्वास्थ्य सुरक्षा पहिलो दायित्व हो । निषेधाज्ञाका कारण जनतालाई भोकै मर्न दिइने छैन । यस स्थितिमा पनि अर्थतन्त्र र रोजगारीलाई गतिशील बनाइनेछ । जनताको उपचार र सेवामा सबैको त्याग, लगनशीलता र समर्पणको म प्रशंसा गर्दछु ।’

उनले शून्यको संख्याको रहेको पिसिआर परीक्षण ल्याब संख्या क्रमशः बढाउँदै लगिएको बताए । अप्ठ्यारोकै बीचमा आफूहरुले सबैलाई कोभिड विरुद्धको निशुल्क खोप दिने प्रक्रिया सुरु गरिसकेको उनले बताए ।

प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचार गर्न सरकारले चालेका कदमलाई सहयोग गर्न आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस्