Logo
Logo

पशुपति आर्यघाटमा हृदयविदारक परिदृष्य (भिडयोसहित)


दृष्टि संवाददाता


काठमाडौं । कोरोना महामारीका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि पशुपति आर्यघाटमा दाहसंस्कार गर्न कठिनाई भएको छ । पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहको एउटा मेसिन बिग्रिएपछि शव जलाउन सकस भएको हो ।

सकस भएसँगै कोरोनाबाट मृत्यु हुनेको शव वाग्मती किनारमै जलाउन थालिएको छ । पछिल्लो समय एउटा मेसिन बिग्रिएको र कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेकाले वाग्मती किनारमै शव व्यवस्थापन गरिएको हो ।

काठमाडौँ उपत्यकामा कोरोनाबाट ज्यान गुमाएकाको अन्तिम संस्कार यसअघि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा हुँदै आएको थियो । तर मृत्यु हुनेको संख्या बढेसँगै विद्युतीय शवदाह गृहभन्दा बाहिर पनि शव जलाउन थालिएको छ ।

सेनाले बागमति किनारमा नै शव व्यवस्थापन गर्न सुरु गरेको हो । शव व्यवस्थापनका लागि सेनाले वागमती किनारमा सम्याउने काम गरेको छ । कोरोनाबाट मृत्यु भएकाहरुको अन्त्येष्टी नेपाली सेनाको टोलीले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्