Logo
Logo

२४ घण्टामा ३७ कोरोना संक्रमितको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा कोरोना भाइरसबाट एकैदिन ३७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार २४ घण्टामा ३७ कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ ।

यस्तै, २४ घण्टामा सात हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । १७ हजार १ सय ७६ जनामा गरिएको पीसीआर परीक्षणबाट सात हजार बढीमा संक्रमण देखिएको हो । यस्तै, २ हजार २१ संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्