Logo
Logo

प्रदेश प्रमुख हटाउने निर्णय संविधान विपरीत : थापा


दृष्टि संवाददाता


काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रदेश प्रमुखलाई जतिबेला मन लाग्यो त्यतिबेला हटाउने सरकारको कार्य गलत र संविधानको भावनाविपरीत भएको बताएका छन् ।

सामाजिक सञ्‍जाल ट्‍वीटरमा अध्यक्ष थापाले स्वेच्छाचारी र सर्वसत्तावादको द्योतक भएको र यस्तो काम गर्नुभन्दा  संघीयता खारेज गर्नु बेस हुने उल्लेख गरेका छन् । 

‘राजनीतिक स्वार्थ र दाउपेचमा प्रयोग गर्ने उदेश्य राखि प्रदेशप्रमुख जस्तो गरिमामय संवैधानिक पदमा रहेका व्यक्तिलाई जतिबेला मनलाग्यो हटाउने र राख्‍ने सरकारको काम गलत र संविधानको भावनाविपरीत छ।’ थापाले ट्वीटरमा लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्