काठमाडौं । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय मुख्य सचिव शंकरदास बैरागीमार्फत जानकारी पाएको बताए ।
उनलाई गत वर्ष जेठ २५ गते सरकारले राजदूत सिफारिस गरेको थियो। दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटामा राजदूत बनेका हुन्।