Logo
Logo
उच्च विन्दुमा कोरोना

एकै दिन ७ हजार ५ सय ८७ जनामा कोरोना पुष्टि


दृष्टि संवाददाता


काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा उच्च वृद्धि भइरहेको छ । पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहरले मुलुकलाई गाँज्दै जाँदा संक्रमितको संख्या पनि उच्च भइरहेको हो ।

मंगलबार १६ हजार १ सय ३१ पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

यस्तै, काठमाडौं उपत्यकामा मात्रै ३ हजार ८ सय ९३ जनामा संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा २ हजार ७ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, ललितपुरमा ६ सय १ जना र भक्तपुरमा ५ सय १३ जनामा संक्रमण देखिएको छ ।

हाल देशरभ सक्रिय संक्रमितको संख्या पनि ५९ हजार ७ सय ९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्