Logo
Logo

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप,के गर्न पाइने, के नपाइने ?


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठकपछि २९ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने भएको हो ।

यस्तै, थपिएको निषेधाज्ञामा कडाई गरिएको छ । उपत्यकामा निषेधाज्ञाको समयमा आवतजावत गर्न यसअघि जारी भएका सबै सवारी पास खारेज भएका छन् ।

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले भोलिबाट लागु हुने गरी नयाँ व्यवस्था गरेकाले यसअघिका सवारी पास खारेज गरेका हुन् ।

त्यस्तै खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ। यसअघि बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिइएको थियो।

त्यस्तै बैंक तथा वित्तिय सस्थाको हकमा केन्द्रीय कार्यालयमा २० प्रतिशत जनशक्ति राख्ने र काठमाडौं उपत्यकाभित्र २० प्रतिशत मात्र बैंक संचालन गर्न निर्देशन दिइएको छ ।

त्यस्तै ठेलागाडा र कवाडी संकलन गर्नसमेत रोक लगाइएको छ । कोरोना सङ्क्रमण बढेको भन्दै स्थानीय प्रशासनले वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो ।

यस्तो छ नयाँ व्यवस्था:

प्रतिक्रिया दिनुहोस्