काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको अधिकार आयोगको टोली प्रहरीले भेट्न नदिएपछि फर्किएको छ ।

कार्यालयको गेटमा करिब ४५ मिनेट कुर्दा पनि प्रहरीले भेट्न नदिएपछि आयोगको टोली फर्किएको हो । गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट उनलाई पक्राउ गरेको थियो । जबरालाई एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखिएको छ ।
प्रहरीले ‘सुरक्षा थ्रेट’ भएकाले जबरालाई रातारात कार्यालयमा ल्याएर राख्नुपरेको जिकिर गरेको छ । तर कानुनका जानकारहरूले प्रहरीको शैलीमाथि प्रश्न उठाएका छन् ।














