Logo
Logo

हावाहुरी र चट्याङसहित वर्ष हुनसक्ने


दृष्टि संवाददाता


काठमाडौं । आज देशका केही स्थानमा हावाहुरी तथा भारी वर्ष हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार विशेषगरी सुदूरपश्चिमसहित देशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशका केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको ।

गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज काठमाडौं उपत्यकामा पनि भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्