Logo
Logo

राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी


567
Shares

काठमाडौं । राष्ट्रपति विद्योदेवी भण्डारीले थप एक अध्यादेश जारी गरेका छन् ।

बुधबार राष्ट्रपति भण्डारीले रेल्वे अध्यादेश जारी गरेका हुन् । मंगलबार पनि राष्ट्रपति भण्डारील संवैधानिक परिषद्लगायतका विभिन्न ७ वटा अध्यादेश जारी गरेका थिए ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम रेल्वे अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । जनकपुर-जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न सरकारको सिफारिसमा उक्त अध्यादेश जारी गरिएको हो।

यसअघि रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्यादेशको मस्यौदा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्