Logo
Logo

समावेशी आयोगका सदस्यको कोरोनाबाट मृत्यु




काठमाडौं । राष्ट्रिय समावेशी आयोगका सदस्य रामचन्द्र जोशीको कोरोना संक्रमणका कारण निधन भएको छ। कोरोना संक्रमण भएपछि धुलिखेल अस्पतालमा उपचाररत् रहेका उनको बुधबार बिहान निधन भएको हो ।


६० वर्षीय जोशी गत माघ २१ मा राष्ट्रिय समावेशी आयोगको सदस्यमा नियुक्त भएका थिए । कैलालीवासी जोशी नेकपा–एमाले पार्टीमा सक्रिय थिए। उनले मदन भण्डारी फाउण्डेसन लगायतका बिभिन्न संघसंस्थामा रहेर काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्