Logo
Logo

१२ जिल्लालाई ७९ लाख रुपैयाँ दिइने



काठमाडौं । लुम्बिनी प्रदेश सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि १२ वटा जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले १२ वटै जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

कोभिडबाट बढी प्रभावित रुपन्देही र बाँके जिल्लाका लागि १०–१० लाख रुपैयाँ उपलब्ध गराइने छ भने कपिलबस्तु जिल्लालाई ८ लाख, नवलपरासी, दाङ, बर्दिया जिल्लालाई ७– ७ लाख तथा गुल्मी, पाल्पा अर्घाखाँची, रोल्पा प्युठान र पुर्व रुकुमलाई ५/५ लाख रुपैयाँ छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्