Logo
Logo

भारतमा कोरोनाको संक्रमणको नयाँ रेकर्डः एकैदिन ३९८० को मृत्यु




काठमाडौं । लकडाउनको बाबजुत भारतमा कोरोना संक्रमणदर घटेको छैन । पछिल्लो २४ घन्टामा संक्रमणको नयाँ रेकर्ड बनेको छ । २४ घन्टामा ४ लाख १२ हजार २ सय ६२ जनामा संक्रमण भएको छ । यो अहिलेसम्मकै उच्च हो ।


त्यस्तै एकैदिन तीन हजार ९ सय ८० जनाको मृत्यु भएको छ । मृत्युमा पनि यो हालसम्मकै उच्च हो । भारतमा दोस्रो लहरपछि देशभरी संक्रमण फैलिएको छ । चिकित्सकहरुले मे महिनाको अन्तिमबाट मात्र संक्रमण केही घट्ने आँकलन गरेका छन् ।
भारतमा हालसम्म दुई करोड १० लाख ७७ हजार भन्दा धेरै संक्रमित भएका छन् भन् दुई लाख ३० हजारको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्